
काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र सांसद ज्ञानेन्द्र शाही पनि फिल्म अभिनयमा देखिने भएका छन् । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’ मा उनहरुको अभिनय रहने भएको हो ।
आइतबार घोषणा कार्यक्रममा निर्माण युनिटले फिल्ममा शाहीको पनि अभिनय रहने जानकारी दियो । फिल्ममा शाही के भूमिकामा देखिने हुन् त्यो भने खुलाइएको छैन । एमाले अध्यक्ष ओलीको समेत उपस्थिति रहेको कार्यक्रममा फिल्मको शुभ मुहूर्त समेत भयो ।
अभिनेता रमित ढुंगानाको निर्देशन रहने ‘नमेटिने घाउ’ ३३ जना एसिड पीडितहरूको कथालाई समेटेर बन्न लागेको हो । फिल्ममा शिव अधिकारीको कथा, ओम सुनारको संगीत रहनेछ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।

