KhabarUjyalo

सुनले भेटिन् रवि लामिछानेलाई !

१२ माघ २०८०, शुक्रबार
सुनले भेटिन् रवि लामिछानेलाई !

काठमाडौँ । बंगलादेश हुँदै शुक्रबार नेपाल भ्रमणमा आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग  भेटवार्ता गरेकी छन् ।

नेपाल आउने बित्तिकै उनी सभापति लामिछानेसँग भेटघाटका लागि बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेकी थिइन् । सभापति लामिछानेसँगको भेटघाटमा सो पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, प्रवक्ता मुकुल ढकाल, सहमहामन्त्री सुमना श्रेष्ठसहितका नेताहरु उपस्थित थिए ।

केही दिनअघि चिनियाँ राजदूत चेन सोङले पनि अध्यक्ष लामिछानेसँग भेटेका थिए । लामिछानेसँगको सो भेटघाट पछि चिनियाँ टोली भक्तपुरतिर घुमघामका लागि गएको स्रोतले जनाएको छ ।

उपमन्त्री मुनका साथमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका विदेश विभागका सु मिन, चाङ्ग जिउविन, छेङ युया, वेन जुन, जिन यान पनि सहभागी छन् । उनीहरुलाई बत्तिसपुतलीस्थित द्वारिका होटेलमा राखिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo