KhabarUjyalo

चर्चित मेयर बालेन, हर्क र गोपाल हमालले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार

११ माघ २०८०, बिहीबार
चर्चित मेयर बालेन, हर्क र गोपाल हमालले गरे राष्ट्रिय सभा निर्वाचन बहिष्कार

काठमाडौँ । तीन चर्चित मेयरले राष्ट्रिय सभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान नगरेका हुन् ।

निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हालेनन् ।

कार्यव्यस्तताको कारणले भोट नहालेको उनीहरूले बताएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo