KhabarUjyalo

काँग्रेसका राष्ट्रिय सभा उम्मेदवार भट्टविरूद्ध उजुरी

२४ पुष २०८०, मंगलवार
काँग्रेसका राष्ट्रिय सभा उम्मेदवार भट्टविरूद्ध उजुरी

धनगढी : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराएका नेपाली काँग्रेसका नेता नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

राष्ट्रिय सभामा उम्मेदवारी दिएका नेकपा एमालेका नेता रामचन्द्र जोशीले उजुरी दर्ता गराएका हुन् । राष्ट्रिय सभासदस्य निर्वाचन अन्तर्गत महिला दलित रअपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक अन्य समूहबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयनपत्र दर्ता गराएका उम्मेदवार नारायण दत्त भट्टको विरोधमा सोही समूहबाट मनोनयनपत्र दर्ता गराए‌का उम्मेदवारको प्रतिनिधि श्री रामचन्द्र जोशीले उजूरी दर्ता गराएको जनाईएको छ ।

भट्टले अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक बाट हिजो मनोनयन दर्ता गराएका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo