KhabarUjyalo

कांग्रेसले राष्ट्रिय सभामा सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस, को–को परे ?

१७ पुष २०८०, मंगलवार
कांग्रेसले राष्ट्रिय सभामा सुदूरपश्चिमबाट ८२ जनाको नाम सिफारिस, को–को परे ?

डडेल्धुरा : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनको लागि ८२ जनाको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिमका ९ वटै जिल्लाबाट ८२ जनाको नाम सिफारिस गरेको हो ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी.इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको छ ।

सिफारिस नामावली 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo