KhabarUjyalo

कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

१६ पुष २०८०, सोमबार
कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) राष्ट्रिय एकता दिवस मनाउँदै छ ।

कांग्रेस संस्थापक नेता विपी कोइरालाले २०३३ पुष १६ मा राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।

लोकतन्त्र प्राप्तिका लागि आन्दोलन, बृहत शान्ति सम्झौताका पक्षधर लगायत विभिन्न राजनीतिक दलहरूको उपस्थितिमा कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त कार्यक्रमको आयोजना गरिएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo