KhabarUjyalo

तपेन्द्र तुफानकाे गजल

२ माघ २०७९, सोमबार
तपेन्द्र तुफानकाे गजल

सहयोग गर्छु भन्नू पनि त छिमेकीको बाहना हो ।

उनीहरूलाई चाहिएको यो देशको खोला नाला हो ।।

सरकार देशमै बसेर कमाउछु मलाइ अवसर देउ ।

मैले जसरी नि कमाउनु छ म घरको जेठो छोरा हो ।।

मलाई यस कारण भाइभन्दा दुश्मन प्यारो लाग्छ ।

दुश्मनले काट्ने गर्दन हो भाइले काट्ने खुट्टा हो ।।

माथिको आदेश भनेर जे पनि सहेर नै बस्नुपर्ने ।

एक नेपाल पुलिस र अर्को पार्टीको कार्यकर्ता हो ।।

अर्काको भइसक्दा पनि आफ्नै जस्तो लागिरहने

एक कालापानी र सुस्ता हो, अर्को पूर्वप्रेमिका हो

तपेन्द्र तुफान

अछाम

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo