
धनगढी । कैलालीको गोदावरी धाममा यस वर्ष पनि मकर मेला लाग्ने भएको छ । विगतका वर्षहरू झैँ यस वर्ष पनि पौष ३० गतेदेखि बाह्रराशी दर्शन मकर मेला लाग्न लागेको हो ।
मेलाका अवसरमा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराणहरू प्रारायण, ग्रहपूजा, ग्रह शान्ति, भजनकीर्तन, प्रवचन आदि हुने आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ ।
मकर मेला माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।
