KhabarUjyalo

कैलालीमा नवीकरण नगरी क्रसर उद्योग सञ्चालनमा

२४ पुष २०७९, आईतवार
कैलालीमा नवीकरण नगरी क्रसर उद्योग सञ्चालनमा

धनगढी । कैलालीकाे गोदावरी नगरपालिका वडा नम्बर १० मा छ आदित्य बालुवा प्रशोधन केन्द्र । नीजि फर्मका नाममा घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता भएको सो केन्द्र नवीकरण नगरी सञ्चालनमा रहेको पाइएको छ ।

यस्तै, कैलालीको जानकी गाउँपालिकामा रहेको छ कर्णाली क्रसर उद्योग । सो उद्योग २०७२ सालदेखि नवीकरण भएको छैन । कार्यालयका अनुसार सात वर्षदेखि सो क्रसर उद्योग अवैध ढंगले सञ्चालनमा रहेको छ

आदित्य र कर्णालीजस्तै कैलालीमा अधिकांश क्रसर तथा बालुवा उद्योगहरु अवैधानिक ढंगले सञ्चालनमा रहेका छन् । २०७७ सालमा जिल्ला प्रशासन कार्यालयले तयार पारेको प्रतिवेदनमा भनिएको थियो, ‘क्रसर उद्योगहरूले सरकारले परिमार्जन गरेर ल्याएको नयाँ मापदण्ड पालना गरेको भेटिएन ।’ कैलालीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा नेतृत्वको टोलीले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमन निरीक्षण गरी प्रतिवेदन तयार गरेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo