KhabarUjyalo

सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको ज्यान गयो

१४ माघ २०७८, शुक्रबार
सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको ज्यान गयो

जोर्डनमा सेना र लागुऔषध तस्करबीच झडप हुँदा २७ जनाको ज्यान गएको छ ।

सिरियाबाट भित्रिएका लागुऔषध तस्करलाई पक्राउ गर्न सेनाले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी हिमपात भइरहेका बेलामा सिरियाबाट जोर्डन प्रवेश गर्न खोजिरहेका तस्करलाई रोक्न खोज्दा गोली चलेको जोर्डनको सुरक्षा निकायले विज्ञप्ति निकालेर जनाएको छ ।

घटनापछि ठूलो मात्रामा लागुऔषध फेला पारेको सेनाकाे दाबी छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo