KhabarUjyalo

आईसीसी विश्वकप क्रिकेट : आज नेपालले अमेरिकासँग खेल्दै

१ आश्विन २०७८, शुक्रबार
आईसीसी विश्वकप क्रिकेट : आज नेपालले अमेरिकासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ ।

ओमानको अल अमिरात मैदानमा खेल दिउँसो सवा ४ बजे सुरु हुँदैछ । गएको सोमवार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो ।

आज पनि जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रने छ । सोमवार अमेरिकालाई हराएको नेपाल गएको मङ्गलवार ओमानसँग भएको खेलमा भने पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo