KhabarUjyalo

पीएनजीविरुद्ध नेपालको रोमाञ्चक जित

२२ भाद्र २०७८, मंगलवार
पीएनजीविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनी (पीएनजी)लाई पराजित गरेको छ ।

मंगलबार ओमानमा रोहितकुमार पौडेल र सोमपाल कामीको अर्धशतकीय साझेदारीसँगै नेपालले पीएनजीमाथि २ विकेटको जित हात पारेको हो ।

पीएनजीले दिएको १३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो । रोहितकुमार रन टाइ भएको अवस्थामा ४१ रन बनाएर आउट भए । त्यस्तै सोमपाल कामी २२ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo