KhabarUjyalo

नेपाल र भारत आजपनि भिड्दै, जित निकाल्ने दाउमा

२० भाद्र २०७८, आईतवार
नेपाल र भारत आजपनि भिड्दै, जित निकाल्ने दाउमा

काठमाडौं– नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे पाँच बजे नेपाल र भारतले दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। 

साफ च्याम्पियनसिपको तयारी स्वरुप बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो। पछिल्लो खेलमा भारतले अपेक्षकृतभन्दा कमजोर प्रदर्शन गर्नुको कारण प्रशिक्षक इगोर स्टिमेकले मैदान र नेपालको डिफेन्सलाई बताएका थिए।

यता नेपाली टिमको प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टाइट डिफेन्स, काउन्टर अट्याकमा गोल र अट्याकिङ मिडफिल्डमा जोड दिएको बताएका थिए। 
वर्षाको समय भएका कारण शुक्रबार मैदानमा दुबै टोलीलाई अभ्यास गर्न दिइएन। पछिल्लो खेलमा बराबरीमा रोकिएपछि भारतीय समर्थले प्रशिक्षक स्टिकेमको आलोचना गरिरहेका छन्। त्यसैले उसलाई जित निकाल्नै पर्ने दबाब पनि छ।

यता घरेलु समर्थकमाझ नेपाली टिम पनि पाहुना टिमलाई स्तब्ध पार्न चाहन्छ। घरेलु टिमका हिसाबले नेपाललाई त्यो अवसर पनि छ।

भारतसँगको खेलपछि नेपाली टोली १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo