KhabarUjyalo

सुदूरपश्चिम प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्दै

४ भाद्र २०७८, शुक्रबार
सुदूरपश्चिम प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्दै

धनगढी, ४ भदौ । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ । चार दलीय गठबन्धनमा बन्ने प्रदेश सरकारको नेतृत्व काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले निश्चित भएको छ ।माओवादीका तर्फबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका त्रिलोचन भट्ट भदौ महिनाभित्र मुख्यमन्त्री पदबाट हट्ने माओवादी उच्च स्रोतले बतायो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक महिना अघि नै मुख्यमन्त्री भट्टलाई पद छोड्नका लागि मानसिक रुपमा तयार हुन सुझाव दिएको स्रोतले बतायो । त्यस्तै नेपाली काँग्रेस संसदीय नेता रावलले पनि सरकार गठनका लागि छलफल शुरु गरिसकेका छन् । पार्टी सभापति शेर बहादुर देउवाको निर्देशन अनुसार अघि बढ्ने रावलले बताए ।

अब बन्ने सरकारमा काँग्रेससंगै माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी, जनता समाजवादी सहभागी हुनेछन । माओवादीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नेतृत्व बीरमान चौधरीले गर्ने छन् । अध्यक्ष प्रचण्डले यसमा बीरमानलाई आश्वस्त पारेका छन् । बीरमान अहिलेसम्म पद र अवसरबाट बञ्चित छन् । काँग्रेसका १२, माअ‍ोवादी केन्द्रका १३ र जसपाका दुई जना सांसद समेत गरी २७ जनाको संख्या सरकार गठनका लागि पर्याप्त हुने भएपछि केन्द्रमा रहेको चार दलीय गठबन्धन सुदूर पश्चिममा पनि कायम राख्दै एमाले समाजवादी समेत सरकारमा सहभागी हुनेछ । अहिलेसम्म समाजवादीमा आबद्ध हुने सांसदहरुको संख्या भने यकिन भईसकेको छैन ।

१ नम्बर र ३ मा एमाले समाजवादी, २ मा जनता समाजवादी, लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी केन्द्र, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गर्न दिने चार दलीय गठबन्धनको सहमती अनुसार सुदूरपश्चिममा नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्न पाउन लागेको हो पश्चिम टुडेबाट साभार

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo