KhabarUjyalo

दोहोरी ब्याटल डान्स ‘फुर्के रिबन vs कर्ली कपाल’ सार्वजनिक (भिडियो सहित)

१४ फाल्गुन २०७७, शुक्रबार
दोहोरी ब्याटल डान्स ‘फुर्के रिबन vs कर्ली कपाल’ सार्वजनिक (भिडियो सहित)

धनगढी : गायक धुर्व बिस्को,जिबेशसिंह गुरुङ र गायिका एलिना चौहान, रचना रिमालको स्वरमा रहेको नयाँ गित ‘फुर्के रिबन vs कर्ली कपाल’ बजारमा ल्याएका छन् । गितमा शब्द कृष्ण केसिको रहेको छ । म्युजिकमा गायक धुर्व बिस्को नै रहेका छन् । भने म्युजिक मिक्स किशोर थापा र एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् ।

पहिलो पटक दोहोरी ब्याटल डान्स रहेको म्युजिक भिडियो ल्याएका छन् । म्युजिक भिडियोमा पुस्प खड्का,सुधिर श्रेष्ठ,स्मारिका-समारिका दाहाल,बर्षा बन्दारा,राजेन्द्र गुदिमुन्टे र आरिका रावल रहेका छन् ।

म्युजिक भिडियोको निर्देशक माईकल चन्द रहेका छन् । म्युजिक भिडियो छायांकन उत्सव दाहाल गरेका छन् भने सम्पादन सिलान लम्साल रहेका छन् । म्युजिक भिडियो सेभेन ११ म्युजिक फ्याक्टरीको युट्युव च्यानलबाट सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गेस्ट कलाकार दिनेश डिसि,आन्नद कार्की र गौरी मल्ल रहेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo