काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।
शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य छन् । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए ।
