काठमाडौं । श्रम अदालतले श्रमजीवी पत्रकारलाई कानुनले तोकेको पारिश्रमिकसहितको बक्यौता असुल गराउन गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन अध्यक्ष जीबी राईसहित सञ्चालकका नाममा आदेश दिएको छ ।
श्रम कार्यालयले गरेको निर्णयलाई सदर गर्दै श्रम अदालतबाट ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालीन अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेललगायत नाममा आदेश जारी भएको हो ।
पत्रकारहरूले ०८० जेठदेखि टेलिभिजन बन्द हुने बेलासम्म एक वर्षभन्दा बढी समयको पारिश्रमिक नपाएको दाबी अदालतमा गरेका थिए ।
