
काठमाडौ : नेपाल प्रहरीका ५ एसएसपी डिआईजी बढुवाको लागि सिफारिस भएका छन् । डीआईजी बढुवाका लागि एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस गरेको हो।
बढुवा समितिले गरेको सिफारिसमा एक नम्वरमा भुपेन्द्रवहादुर खत्री छन् । तर, एसएसपीमा एक नम्वरमा रहेका बिश्व अधिकारी बढुवामा रोकिएका छन् ।
जेन-जी आन्दोलनका समयमा काठमाडौं प्रहरी परिसर प्रमुख भएकाले हाल गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको अनुसन्धानमा छन्।
डिआईजी सिफारिसमा एक नम्बरमा एसएसपी भुपेन्द्र खत्री रहेका छन् । संगठनभित्र उनी उच्च व्यावसायिक, निष्पक्ष र जनउत्तरदायी प्रहरी अधिकारीका रूपमा परिचित छन्।

दोस्रो बरियतामा रहेका भुपेन्द्र खत्री २०५६ असार ३ गते ११२ औँ टोलीका रूपमा प्रहरी इन्स्पेक्टरका रूपमा प्रवेश गरेर नेपाल प्रहरीभित्र इमानदार, साहसी र जनमुखी अधिकृतका रूपमा परिचित छन्। इन्स्पेक्टरदेखि एसपी हुँदै एसएसपीसम्मको यात्रामा उनले जनताको मन जित्ने कामहरू गरेका छन्। एसपी रहँदा उनले चर्चित मोहम्मद अफताब आलम प्रकरणमा साहसिक कदम चालेका थिए। आलममाथि २० जनालाई जिउँदै इटाभट्टामा जलाएर मार्ने आरोप थियो। शक्तिकेन्द्रको दबाबका कारण धेरै अधिकारीहरू पछि हट्दा पनि खत्रीले उनलाई पक्राउ गरी अदालतमा पेश गरे ।
काभ्रे जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा उनले बढ्दो आपराधिक गतिविधि नियन्त्रणमा ल्याए।
एसएसपी भएपछि खत्रीले काठमाडौं जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले। उनले १५ वर्षदेखि फरार माओवादी केन्द्रीय सदस्य कालिबहादुर खामलाई पक्राउ गर्न सफल भए । साथै, एकैपटक चार जनाको हत्या गर्ने अपराधीलाई तत्काल पक्राउ गरी कानूनी प्रक्रियामा ल्याए।
हाल उनी नेपाल प्रहरी शिक्षालय चितवनका प्रमुखका रूपमा कार्यरत छन् ।
उनीसंगै डीआईजी बढुवाका लागि एसएसपीहरू सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस गरिएको छ ।
