KhabarUjyalo

विपिन जोशीको सम्झनामा डडेल्धुराको गन्यापधुरा ४ मा वडास्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न !

९ कार्तिक २०८२, आईतवार
विपिन जोशीको सम्झनामा डडेल्धुराको गन्यापधुरा ४ मा वडास्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न !

डडेल्धुरा: स्व.विपिन जोशीको सम्झनामा डडेल्धुराको गन्यापधुरा ४ मा वडास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरेको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित वडा नम्बर ४ को कार्यालयले मंसिर ७ र ८ गते भलिबल प्रतियोगिता भएको हो ।

स्व विपिन जोशीको सम्झनामा गन्यापधुरा गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले वडास्तरिय खुल्ला भलिबल प्रतियोगिता गरेको गन्यापधुरा ४ का वडाध्यक्ष नरेशकुमार भट्टले जानकारी दिए ।

खुल्ला भलिबल प्रतियोगितामा ५ वटा टिम सहभागी भएका थिए । जसमध्ये प्रथम लाटागन्याप रिभोस्नरि रुमायल, द्वितिय खेमेटिम मेड्डि, तृतीय,कैलपालमाण्डौ सहयोगी टिम भएका थिए ।

विजयी टिमलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र र मेडलहरु वितरण गरिएको थियो ।

इजरायल- हमास युद्धमा हमासले बन्धक बनाएर कञ्चनपुरका विपिन जोशीको हत्या गरिएको थियो ।

 

 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo