KhabarUjyalo

अछामी बड्डो सम्मानित

७ माघ २०८०, आईतवार
अछामी बड्डो सम्मानित

महेन्द्रनगर : सुदूरपश्चिमका चर्चित देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’लाई आइतबार गृहनगरमा सम्मानित गरिएको छ ।
कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले आफ्नो पाँचौ स्थापना दिवसमा अवसरमा आयोजित कार्यक्रममा देउडा गायक धामीलाई ‘पहलमान सिंह स्वाँर साहित्य पुरस्कार’ बाट नगद सहित सम्मानित गरिएको हो । धामीलाई कला, संस्कृति प्रर्वद्धनमा योगदान पु¥याएको भन्दै नगद रु एघार हजार, प्रमाणपत्र र दोसल्ला बढाएर नगरप्रमुख पदम बोगटीले सम्मान गरेका हुन ।

कञ्चनपुर लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत रहेका धामीले सुदूरपश्चिमको देउडा र गायक क्षेत्रमा दशकौंदेखि आफ्नो सक्रियता निरन्तर अघि बढाएका छन् ।पछिल्लो समय कलाकारिता मार्फत विभिन्न सचेतनाका अभियानमा समेत सहयोग पु¥याउँदै आएका धामी भीमदत्त नगरपालिका–२ का स्थानीयबासी पनि हुन । २०५५ सालमा सुदूरपश्चिमको अछाम जिल्लाबाट गायन क्षेत्रमा प्रवेश गरेका धामी ‘यो अछामी बड्डो’ बोलको गितबाट चर्चामा आएका थिए ।
पछिल्ला बर्षहरुमा मेला, महोत्सवहरुमा सांगितिकी प्रस्तुतीमा व्यवस्त रहने गायक धामी सुदूरपश्चिम र कर्णालीका साथै भारत लगायत विभिन्न शहरहरुमा पुगेर स्टेज तताउँदै आएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo