KhabarUjyalo

गोदावरी नगरपालिकाले भोलि मकर मेलामा निःशुल्क बस सञ्चालन गर्ने

January 14, 2024
गोदावरी नगरपालिकाले भोलि मकर मेलामा निःशुल्क बस सञ्चालन गर्ने

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले गोदावरी धाममा भोलि लाग्ने (माघे) मकरसंक्रन्ति मेलमा निः शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

भोली माघ १ गते देखि लाग्ने मकर मेलाको लागि नगरपालिकाले श्रद्धालु भक्तजनहरूको आवतजावतको लागि यात्रु बसको सुविधा गर्ने भएको छ। नगरपालिकाले पत्रकार सम्मेलन गरी निः शुल्क बस सेवा दिने जानकारी गराएको हो।

आईतवार (आज) गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी मकर मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको आवतजावत हुने भएको कारण गोदावरी नगरपालिकाको तर्फबाट निः शुल्क ६ वटा बसको व्यवस्था गरेका बताए। उनले मेलामा आउने श्रद्धालु भक्तजनहरुको घुइचोलाई मध्यनजर गर्दै १ गते का दिन अत्तरियाबाट गोदावरी आउने जाने सुविधा राखेको बताए।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo