KhabarUjyalo

इजरायल–हमास युद्ध पुनः सुरु, कञ्चनपुरका विपिन जोशी भने रिहा भएनन्

१६ मंसिर २०८०, शनिबार
इजरायल–हमास युद्ध पुनः सुरु, कञ्चनपुरका विपिन जोशी भने रिहा भएनन्

गाजा स्ट्रिप। इजरायल र हमास बिचको युद्धविराम समाप्त भएपछि पुनः आक्रमण शुरु भएको छ ।

इजरायलले गरेको हवाइ आक्रमणमा शुक्रबार ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

गाजा पट्टीमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार ६० जनाको मृत्यु भएको र थुप्रै घाइते भएका छन् ।

इजरायल र हमासले शुक्रबारदेखि गाजामा ६ दिनका लागि लडाईं रोक्न सहमत भएको थियो । उक्त समयमा गाजाबाट केही विदेशीसहित इजरायली कैदीहरूलाई रिहा गरिएको थियो ।

हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेकाे छ।

इजरायलको किब्बुज-अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको थियो ।

रिहा हुने आशामा रहेका परिवार युद्धविरामको समयमा छोरा नछुटेपछी परिवार थप चिन्ता डुबेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo