KhabarUjyalo

महेन्द्रनगरमा भीमदत्त पन्तको सालिक तोडफोड, राप्रपाका नेतासहित १८ जना पक्राउ

November 25, 2023
महेन्द्रनगरमा भीमदत्त पन्तको सालिक तोडफोड, राप्रपाका नेतासहित १८ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरस्थित पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनः स्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।

राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo