काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंले सम्बोधन गरेपश्चात् प्रहरीसित झडप भएको थियो । त्यसपछि स्थिति सामान्य बनाउन भन्दै प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने गर्दा झडप भएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ
