KhabarUjyalo

आज काठमाडौमा एमाले र दुर्गा प्रसाईंकाे शक्ति प्रदर्शन गर्दै

November 23, 2023
आज काठमाडौमा एमाले र दुर्गा प्रसाईंकाे शक्ति प्रदर्शन गर्दै

काठमाडौ : नेकपा एमाले र दुर्गा प्रसाईंकाे नेतृत्वमा रहेकाे अभियानले आज काठमाडाैंका छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्दैछन् । प्रसाईंकाे नेतृत्वकाे कार्यक्रम बल्खुमा हुँदैछ भने एमालेले काठमाडाैंकाे तीनकुनेमा प्रदर्शन गर्दैछ ।

७ मंसिरमा दुवै पक्षले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रसाईं नेतृत्वकाे अभियानले ७ मंसिरमा काठमाडाैंमा प्रदर्शन गर्ने घाेषणा गरेपछि एमालेले त्यसकाे प्रतिवादमा आफ्नाे प्रदर्शन जुधाएकाे हाे ।

प्रशासनले चोकचोकमा सुरक्षा व्यवस्था भने कडाइ गरेको छ ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo