KhabarUjyalo

डडेल्धुरा प्रहरीलाई केटीको फोनले हैरान !

November 22, 2023
डडेल्धुरा प्रहरीलाई केटीको फोनले हैरान !

डडेल्धुराः प्रहरीलाई १०० नम्बरमा आउने फोनले हैरान बनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको १०० नम्बरमा दैनिक आउने ब्लफकलले हैरान बनाएको हो।

दैनिक करिब ३०र ४० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका बरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरले बताए। ऐरका अनुसार फोन गर्नेले गलत सूचना दिने, जिस्कीने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखि राख्ने जस्ता कार्य गर्ने गर्छन्।

ब्लफकल बिशेष गरेर रातीको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। डीएसपी कार्कीका अनुसार ब्लफकल गर्नेमा केटीहरूको संख्या बढी छ।

गैरजिम्मेवारी तवरले भ्रामक सूचना दिने, जिस्काउने, हटलाइन १०० नम्बर व्यस्त पारी सेवा अवरुद्ध पार्नेजस्ता अमर्यादित तथा गैरकानूनी काम गरेमा कानून बमोजिम कारवाही अगाडि बढाउने डीएसपी  कार्कीले बताएका छन।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo