KhabarUjyalo

पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध जाहेरी

November 21, 2023
पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध जाहेरी

काठमाडौं । जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली‘’ बजाइएको थियो ।

प्रसाईंले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् ।

कुनै पनि व्यक्तिलाई संविधान तथा कानून प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ.को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिवाना गरी पाउँ ।’

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo