KhabarUjyalo

आजदेखि शुरु भयो एमडीएमएस, पहिलो चरणमा महँगा मोबाइल नचल्ने

November 6, 2023
आजदेखि शुरु भयो एमडीएमएस, पहिलो चरणमा महँगा मोबाइल नचल्ने

काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल फोन बन्द गर्न सुरु गर्ने जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालकाअनुसार आज (सोमबार)देखि एमडीएमएसमा दर्ता नभएका मोबाइल क्रमिक रुपमा बन्द गर्न सुरु गरिनेछ।

‘पहिलो चरणमा एमडीएमएसमा दर्ता नभएका आईफोनसहितका महँगा फोन बन्द गर्न सुरु गर्नेछौं। हाल करिब १० हजार जति महँगा फोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा छन्। दैनिरुपमा एक हजारदेखि आठ सय महँगा फोन बन्द गछौं,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने, ‘१० देखि १५ दिनमा प्रणालीमा दर्ता नभएका मोबाइल फोन बन्द हुन्छन्। महँगा फोन बन्द गरेपछि प्रणालीमा दर्ता नभएका अन्य फोनलाई पनि बन्द गर्दै जाने छौं।’

उनले दूरसञ्चार सेवा अवरुद्ध गर्नु अघि फोनमा एसएमएस पठाएजानकारी दिईने बताए।

प्राधिकरणले महँगा फोनको वर्गमा आईफोन र एक लाख रुपैयाँभन्दा माथिको फोनलाई राखेको छ।

प्राधिकरणले यहि कात्तिक ४ गते सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका मोबाइलहरु १५ दिनभित्रमा दर्ता गराउन प्रयोगकर्ताहरुलाई आदेश दिएको थियो। उक्त मितिको १५ दिन भित्रमा एमडीएमएस प्रणालीमा मोबाइल ह्यान्डसेटहरु दर्ता नभए दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले चेतावनी दिएको थियो।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo