KhabarUjyalo

उपाधिका लागि आज नेपाल ओमानसँग भिड्दै

१९ कार्तिक २०८०, आईतवार
उपाधिका लागि आज नेपाल ओमानसँग भिड्दै

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज (आइतबार)नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ। नेपालले घरेलु मैदानमा छनोट प्रतियोगिताको उपाधिकालागि ओमानसँग खेल्न लागेकाे हाे। नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

उपाधिका लागि दुवै टिम काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजे उत्रनेछन्। समूह ‘ए’ मा रहँदै प्रतियोगिताको सुरुआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए। सो खेलमा ओमानले नेपाललाई हराएको थियो।

ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेको थियो। समूह उपविजेता बनेर सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशकालागि भएको खेलमा यूएईलाई हराएको थियो ।

सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुन ओमानसँग खेल्न लागेको हो। ओमानले समेत सेमिफाइनलमा बहराईनलाई १० विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।

प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टिम अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo