KhabarUjyalo

युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

१७ कार्तिक २०८०, शुक्रबार
युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

काठमाडौँ। आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा युएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो।

यूएईका भृत्य अरविन्दले ६४ रन बनाए। मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरे।

नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo