KhabarUjyalo

बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

October 30, 2023
बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

बैतडीः बैतडीमा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ लडागाउँका १८ वर्षीय एक किशोरले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेपछि ती किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जबरजस्ती करणीमा संलग्न किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo