KhabarUjyalo

दोस्रो बलमै करणले लिए सिंगापुरका कप्तानको विकेट

October 30, 2023
दोस्रो बलमै करणले लिए सिंगापुरका कप्तानको विकेट

काठमाडौ। टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

सिंगापुरको पहिलो विकेट नेपालका बलर करण केसीले लिएका हुन्। उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका हुन्। सिंगापुरको कप्तानसमेत रहेका दत्त खाता खोल्नुअघि नै पेभेलियन फर्किएका छन्।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo