KhabarUjyalo

विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य

२७ आश्विन २०८०, शनिबार
विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य

काठमाडौँ- विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा पाकिस्तानले भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएपछि भारतले १९२ रनको लक्ष्य पाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा सर्वाधिक ५० रन बनाए । उनले ७ चौका प्रहार गरे । त्यसैगरी, मोहम्मद रिजवानले ६९ बलमा ४९ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र कुलदीप यादव, रवीन्द्र जडेजाले समान २ विकेट लिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo