KhabarUjyalo

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

२६ आश्विन २०८०, शुक्रबार
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

सन्दीपले भने प्रतियोगिता नखल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’

यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo