काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी तीन दिनदेखि घरमै आराम गरेर बसेका छन् ।
रुघाखोकीले ग्रस्त देउवा यतिवेला टन्सिल र ज्वरोबाट पनि ग्रस्त छन् । कांग्रेस नेता मीन विश्वकर्माले जनाएअनुसार सभापति देउवाले अहिले राजनीतिक भेटघाट बन्द गरेका छन् ।