दार्चुला : दार्चुलामा ४ किलोभन्दा बढी चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मार्मा गाउँपालिका– १ का २८ वर्षीय बिर्ख ठगुन्ना र २० वर्षीय सहदेव ठगुन्ना रहेका छन् ।
उनीहरूलाई प्रहरीले चार किलो एक सयग्राम चरेससहित शैल्यशिखर नगरपालिका– ३ कर्कलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
मार्माबाट गोकुलेश्वरतर्फ आइरहेका उनीहरूलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा चरेस र तराजुसमेत फेला परेको उनले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।