KhabarUjyalo

भलिबल खेलाडीले मासिक तलब पाउने

१९ भाद्र २०८०, मंगलवार
भलिबल खेलाडीले मासिक तलब पाउने

काठमाडौं । नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ ।

नेपाल भलिबल संघले आज एक कार्यक्रम गर्दै तलब दिने घोषणा गरेको हो ।

खेलाडीलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन सुरु गरेको संघले बताएको छ ।

भलिबलको राष्ट्रिय टोलीमा भएका १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएकाका छन् ।

सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तबल सबै खेलाडीलाई तीन महिनाको तलब कुल १५ हजार आजनै संघले प्रदान गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo