KhabarUjyalo

गन्यापधुराको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, भौतिकमा ८६ र वित्तीयमा ७८ प्रतिशत प्रगति

१७ भाद्र २०८०, आईतवार
गन्यापधुराको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, भौतिकमा ८६ र वित्तीयमा ७८ प्रतिशत  प्रगति

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिका प्रमुख इन्द्रबहादुर कार्कीको अध्यक्षमा आइतबार गाउँपालिकाले गणेशपुर बडालको प्राङ्गणमा गत आर्थिक वर्ष २०७९/८० वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले गतबर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

गाउँपालिकाका प्रमुख अधिकृत तामाङले गत आर्थिक वर्षमा ८६.५६ प्रतिशत भौतिक प्रगति र ७८.२४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताए। उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले आन्तरिक राजस्व ४१ लाख लक्ष्य लिएकोमा ४९.१४ प्रतिशत राजश्व संकलन गरेको छ। भने हालसम्मको बेरुजु ३ करोड ५९ लाख रहेको उनले बताए ।

सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नको गाउँपालिका अध्यक्ष इन्द्र कार्कीले जवाफ दिएका थिए । सुनुवाइ कार्यक्रममा जवाफ दिदै अध्यक्ष कार्कीले सकारात्मक आलोचना आत्मसात गर्दै सुझावलाई ग्रहण गरि आगामी दिनमा अगाडि बढ्ने बताए ।

गाउँपालिकाले राजनीतिक आधारमा मतभेद नगरेको, पालिकाको बजेट पारदर्शिता राखेर काम गरिरहेको उनले बताए । करार कर्मचारीविरुद्ध अख्तियारमा उजुरी परेपछि पालिकाले हटाएको अहिले ती कर्मचारीलाई ज्यालादारीमा राखिएको अब चाडै विज्ञापन खोलेर कर्मचारी नियुक्त गरिने बताए । पालिकामा कम बजेट रहेकाले जनता धेरै काम गर्न नसकिएको स्वीकार गरे । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटक तथा धार्मिक लगायत क्षेत्रमा आएका सुझावलाई आत्मसात अगाडि बढ्ने प्रतिबद्धता गरे ।

सुनुवाइ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य केशव महताले गाउँपालिकाले पारदर्शिता भएर जनताका काम गर्नु पर्ने बताए । जनप्रतिनिधिले जनताका गुनासालाई आत्मसात गर्दै जनता सेवा खटिनु पर्ने बताए । एमालेका नेता इन्द्र बहादुर महराले स्वास्थ्य, शिक्षा, कृषि

महराले गाउँपालिकामा कहिले कर्मचारी हटाउन फेरी तिनै कर्मचारीलाई बिज्ञापन बिना कर्मचारी राखिएको प्रश्न गरे । पालिकाको बेरुज किन बढ्यो ? गन्यापधुराले कृषि, सडक, स्वास्थ्य लगायत क्षेत्रको प्रगति विविरण स्पष्ट गर्नु पर्ने बताए ।

यस्तै एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य बिरेन्द्र बहादुर मल्लले गाउँपालिकाको विकासका लागि राजनैतिक मतेभेद छोडेर शिक्षा, स्वास्थ्य, कृषिलाई व्यवस्थित गर्नु पर्ने बताए । विकासका लागि पक्षविपक्ष नभई एकतावद्व भएर लाग्नु पर्ने बताए ।

नेकपा माओवादी केन्द्रका देउवाले समयसम्ममाबजार अनुगमन,बालबिबाहसम्बन्धि जनचेतना, दीर्घरोगीका लागि स्वास्थ्य शिविर गर्न सुझाव दिए ।

बिपी कांग्रेसका नेता सुरेन्द्र मालीले शिक्षामा लगानी गरेपनी प्रतिफल आउन नसकेको बताए । शैक्षिक सुधारमा पालिकाले ध्यान दिनु पर्ने, पर्यटकीय क्षेत्र र कृषि क्षेत्र प्रवर्द्धन गर्नु पर्ने सुझाव दिनुका साथै आलोचनालाई आत्मसात गरेर जनप्रतिनिधिले अगाडी बढ्नु पर्ने बताए ।

जनमोर्चा नेपालका कार्यवाहक जिल्ला अध्यक्ष टंक अवस्थीले शिक्षाको गुणस्तर, विशेषज्ञ स्वास्थ्य शिविर, खेलकुदका क्षेत्रमा पालिकाले ध्यान दिनु पर्ने बताए । पालिकामा बसाइँसराइ बढ्दो अवस्था रहेकोले यहाँका समस्यालाई सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिए ।

बरिस्ठ कृषक प्रसाद अवस्थीले गन्यापधुरा गाउँपालिकाले कृषक समन्वय समिति गठन गर्नु पर्ने, कोल्ड स्टोरलाई संचालन गर्नु पर्ने र कृषकका समस्यालाई सम्बोधन गरेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले शिक्षा, कृषि, स्वास्थ्य, सडक, खानेपानी, विकास निर्माण क्षेत्रमा प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने बताएका थिए । भने प्रभावकारी ढङ्गले बजार अनुगमन गर्नुपर्ने बताए । साथै कृषकहरुलाई उत्पादन गरिएको तरकारी बजार सम्म लैजान समस्या परेको भन्दै यसका लागि सहकारीहरुसँग सहकार्य गरेर व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा जनप्रतिनिधि सहित गाउँपालिका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका स्थानीयबासी र सञ्चारकर्मी लगायतको उपस्थिति रहेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo