काठमाडौं । आइसीसी महिला टी(ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानविरुद्ध नेपालले पहिला बलिङ गर्दैछ ।
मलेसियामा टस जितेर नेपालले बलिङ रोजेको हो । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो । भुटान पनि दोस्रो जितका साथ सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ ।
नेपालले चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ । नेपालले विकेटकिपर काजोल श्रेष्ठको स्थानमा रुवि पोदारले स्थान बनाएकी छिन् ।
