
काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको खुसीयालीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकले अर्कालाई लड्डु खुवाएका छन् ।

बुधवार चितवनमा हुने विरोध सभामा सहभागी हुन भरतपुर पुगेका दुवै जनाले संसद् पुनर्स्थापनाको निर्णयसँगै एकले अर्कालाई लड्डु खुवाएका हुन् प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले मङ्गलवार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला सुनाएको थियो ।
