KhabarUjyalo

कैलारीका विभिन्न वडाबाट २०० लिटर मदिराजन्य सामाग्री बरामद गरी नष्ट

१३ बैशाख २०८०, बुधबार
कैलारीका विभिन्न वडाबाट २०० लिटर मदिराजन्य सामाग्री बरामद गरी नष्ट

धनगढी । कैलारी गाउँपालीकाका विभिन्न वडाबाट २०० लिटर मदिरासहित मदिराजन्य सामाग्री बरामद गरी नष्ट गरिएको छ। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ र ५ मा पर्ने होटेल, पसलहरुमा अबैध रुपमा राखिएका अवैध घरेलु मदिरासहित मदिराजन्य सामाग्री प्रहरीले बरामद गरी नष्ट गरेको हो।

ईलाका प्रहरी कार्यालय हसुलियाको वडा एरियाअन्तर्गत पर्ने होटेल, पसलहरुमा प्रहरी नायव निरीक्षक राजेन्द्रसिंह कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलिले स्वीप अप्रेशन गरेको थियो। अवैध घरेलु तयारि मदिरा (रक्सि) ४० लिटर र जाँड बनाउने कच्चा पदार्थ १६० लिटर गरी २०० लिटर मदिराजन्य सामाग्री बरामद गरिएको हो । बरामद गरिएका उक्त मदिराजन्य सामाग्री स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरुको रोहवरमा नष्ट गरीएको प्रहरीले जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo