डडेल्धुरा: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा रवि लामिछानेले जितेको खुसीयाली मनाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले रवि लामिछानेको पक्षमा नाराबाजी र घण्टी बजाउदै सदरमुकामको बसपार्कदेखि तुफानडाँडासम्म मोटरसाइकलसहित र्याली निकालेका हुन् ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फराकिलो मतान्तरसहित ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए। नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका छन्।
