KhabarUjyalo

रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने

११ चैत्र २०७९, शनिबार
रानीपोखरी सबैका लागि खुला : बिहान ६ देखि ८ बजेसम्म निःशुल्क अवलोकन गर्न पाइने


काठमाडाैँ ।
 ऐतिहासिक रानीपोखरी सबै नागरिकका लागि खुलेको छ ।   काठमाडाैँ महानगरपालिकाकाअनुसार बिहान ६ देखि ८ बजेसम्म शुल्क नतिरी रानीपोखरीको अवलोकन गर्न सकिने छ ।

पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक नागरिकका लागि नि:शुल्क खुला गरिएको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गएको फागुन २८ गतेदेखि रानीपोखरी खुला गरिएको हो ।  नागरिकलाई साँस्कृतिक सम्पदाहरु आफ्नो हुन् भनेर अनुभूति गराउनका लागि रानीपोखरी खुला गरिएको उहाँको भनाइ छ ।

कुनै अवरोध नआए पोखरी सधैं सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ । पोखरीको सरसफाइको काम महानगरपालिकाले गर्नेछ ।

२०७२ साल बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर आएको भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माण भएको छ । २०७२ सालको माघ २ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुनः निर्माणका लागि शिलान्यास गर्नु भएको थियो ।  

पुनःनिर्माण सकेर २०७७ साल कात्तिक ५ गते नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ साल पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo