KhabarUjyalo

प्रकाश सपुतको ‘मेरो पनि हैन र यो देश ?’ गित ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो (भिडियाे)

१२ बैशाख २०७८, आईतवार
प्रकाश सपुतको ‘मेरो पनि हैन र यो देश ?’ गित ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो (भिडियाे)

धनगढी : सार्वजनिक भएको २ दिन नपुग्दै गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि हैन र यो देश ?’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले अहिलेसम्ममा १० लाख १३ हजार बढी हेरिसकेका छन् । 

 सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । “नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ”, सपुतले भन्नुभयो, “हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।”

 
राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखाएको छ । ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी रहेको छ।
गितमा स्वर,शव्द र म्युजिक गायक प्रकाश सपुतकै रहेको छ । भने म्युजिक एरेन्ज श्यामश्वत रसायलीले गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन प्रकाश सपुतले आफैले गरेका छन् । म्युजिक भिडियोमा कलाकार भोलारज सापकोटा,रामभजन कामात,कुलदिप अधिकारी,रविन तामाङ र अन्य कलाकारको अभिनय रहेको छ ।
यस्तै गेस्ट अतिथिमा सरिता लामिछाने,राजु परियार,ऋषि धमला,अमर न्यौपाने र देवेन्द्र बाबलु रहेका छन् । भिडियो सम्पादन प्रविन भट्टले गरेका छन् ।

गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ । गायक सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो ।


 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo