KhabarUjyalo

दाेस्राे खेलमा पनि नेपाल भारतसँग गोलरहित बराबरीमा

७ फाल्गुन २०७९, आईतवार
दाेस्राे खेलमा पनि नेपाल भारतसँग गोलरहित बराबरीमा

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला फुटबल टिमले भारतसँग गोलरहित बराबरी खेलेको छ ।
जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर सृजना गरे पनि त्यसलाई स्कोरमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपालले पहिलो खेलमा र २–२ गोलको बराबरी खेलेको थियो ।
यो मैत्रीपूर्ण खेल दुवै टिमले ओलम्पिक छनाेटको तयारीका रुपमा खेलेका थिए ।

अन्तिमपटक काठमाडौंमा आयोजित महिला साफ च्याम्पियनसीपमा आमनेसामने भएपछि पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा भएको हो ।

घरेलु मैदानमा आयोजित साफमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo