KhabarUjyalo

लिटल फ्लावर प्रिमियर लिग -७ को ट्रफी सार्वजनिक, भोलिबाट खेल सुरु

२० माघ २०७९, शुक्रबार
लिटल फ्लावर प्रिमियर लिग -७ को ट्रफी सार्वजनिक, भोलिबाट खेल सुरु

धनगढी : धनगढीमा शनिवारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को तयारी पुरा भएको छ ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । सोही अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले ट्रफी सार्वजनिक गरेका हुन् । 

प्रतियोगिताको भोलि बिहान साढे १० बजे एक समारोहकाबिच उद्घाटन गरिने छ । प्रदेश प्रमुख देवराज जोशीले एलपीएलको सातौँ संस्करणको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । 

यो संस्करणमा १० टिमको सहभागिता रहेको छ । फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo