KhabarUjyalo

केपी ओली कपको विजेतालाई १० लाख पुरस्कार !

१४ माघ २०७९, शनिबार
केपी ओली कपको विजेतालाई १० लाख पुरस्कार !

काठमाडौं । राष्ट्रिय युवा संघको आयोजनामा फागुन दोस्रो साता केपी ओली कप फुटबल च्याम्पियनसिप हुने भएको छ । संघले फागुन ११ देखि १७ सम्म प्रतियोगिताको मिति निर्धारण गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एडिभिजनका ७ र आयोजकसहित ८ टिम सहभागी हुनेछन् । सहभागी टिमको छनोट खुला आवेदनबाट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदान ललितपुर र फाइनल दशरथ रंगशालामा गर्ने युवा संघको तयारी छ। लिग चरणका खेल एन्फा कप्लेक्सको खेल मैदानमा पनि हुनेछन् ।

विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाडीले पचासरपचास हजार जित्नेछन्।

व्यावसायिक फुटबललाई प्रवर्द्धन गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गोल्डकप आयोजना गर्न लागिएको युवा संघले जानकारी दिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo