KhabarUjyalo

यू–१९ विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

९ माघ २०७९, सोमबार
यू–१९ विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी यू–१९ विश्वकप छनोटका लागि १४ सदस्य टोलीको घोषणा गरेको छ । 

क्यानले संयुक्त अरब इमिरेट्स (यूएई) मा आगामी फेब्रुअरी अन्तिममा हुने एसियाली देशको छनोट खेलका लागि अन्तिम टोलीको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षणमा रहेका २८ खेलाडीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोलीमा समावेश गरेको क्यानले जनाएको छ । यू–१९ टोलीमा आठ खेलाडीले पहिलो पटक स्थान बनाएका छन् ।

टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल,  दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा हुनुहुन्छ । चार वैकल्पिक खेलाडीमा प्रज्वल थापा, तुलबहादुर थापा,निर्मल थापा र राजेश यादव हुनुहुन्छ । 

कप्तानको टुङ्गो पछि लगाइने बताईएको छ । छनोट खेलमा नेपाल, यूएई, हङकङ, कुवेत, मलेसिया र सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । छनोट खेलको विजेता टोलीले २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकप खेल्ने अवसर पाउनेछ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo