KhabarUjyalo

डोटीका राजु भट्टले ल्याए देउडा लोक पप गित ‘यो मुलाई मस्किन्छे’ (भिडियो)

९ पुष २०७९, शनिबार
डोटीका राजु भट्टले ल्याए देउडा लोक पप गित ‘यो मुलाई मस्किन्छे’ (भिडियो)

धनगढी :डोटीका गायक तथा संगीतकार राजु भट्टले देउडा लोक पप गित ‘यो मुलाई मस्किन्छे’ बजारमा ल्याएका छन् ।

गितमा शव्द, संगीत र स्वर उनकै रहेको छ । देउडा गितलाई नयाँपन दिन खोजेका छन् । शुक्रवार ब्याकहर्स नामक युट्युव च्यानलबाट म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

म्युजिक भिडियोमा अभिनेता निश्चल बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का लगायत कलाकारको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियोको निर्देशन मानव सुवेदीले गरेका छन् भने सम्पादन दिर्घ खड्काले गरेका छन् । गितमा डोटेली भाषा र हेड्केली नाच देखाएको छ । भने हिमाल, पहाड, तराईका मौलिक बाजालाई पनि समेटेका छन् ।

उक्त नयाँ देउडा लोक पप गितलाई दर्शक स्रोताले मन पराउने अपेक्षा रहेको गायक राजु भट्टले बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo