KhabarUjyalo

प्रमोद खरेलको स्टेजमा देखिएको आशिष समर्थकको ‘क्रेज’ !

२९ मंसिर २०७९, बिहीबार
प्रमोद खरेलको स्टेजमा देखिएको आशिष समर्थकको ‘क्रेज’ !

धनगढी : धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को आठौं दिन लोकप्रिय गायक प्रमोद खरेलको प्रस्तुति रहेको थियो ।

आज महोत्सवमा गायक प्रमोद आउने भएपछि महोत्सवमा दर्शकले भरिभराउ भएको थियो । दर्शकमा उत्साह थपिएको थियो । जब महोत्सवमा गायक प्रमोदको आगमन हुँदा ‘प्रमोद प्रमोद आशिष आशिष’ भन्दै दर्शकबाट हुटिङको वर्षा भयो । जब गायक प्रमोद खरेल प्रस्तुतिका लागि स्टेजमा पुगे । आशिषका पक्षमा हुटिङ चलिरयो र आशिषका समर्थकले आशिष महरलाई जिताऊँ अभियान लेखिएका ब्यानर उचाल्दै आशिष आशिष भनी हुटिङ गरिरहे । यो दृश्य हेर्दा स्टेजमा प्रमोद नभई आशिष महर प्रस्तुति दिदै छन् । आशिषका समर्थनबाट आशिष महरको पक्षमा हुटिङ आएपछी गायक प्रमोदले भने- ‘ यो प्रमोदलाई गरेको माया हो ।’ ‘द भ्वाइस अफ नेपाल-४’ मा आशिष महर कोच प्रमोद खरेलका प्रतिस्पर्धी हुन् ।

टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी आशिष महर टिम प्रमोद खरेलबाट उत्कृष्ट ८ मा पुगेका छन् भने प्रमोदको टिममा उत्कृष्ट २ मा छन् । शुक्रबार उत्कृष्ट ४ का लागि छनोट हुँदैछ । भोलि उनको प्रस्तुति हुँदासम्म भोटिङ खुल्ला हुनेछ । उत्कृष्ट भोट पाएमा आशिष महर उत्कृष्ट ४ का लागि सुरक्षीत रहने छन् ।

आशिष महरलाई यसरी भोटिङ गर्ने सकिनेछ:-

Khalti App Download गर्नुहोस |
Log in गरि Vote Option मा जानुहोस |
Coach Pramod Select गर्नुहोस ।
त्यसपछि आशिष महरको नाम र फोटोमा थिच्नुहोस् र Vote गर्दा Voting अवधि सम्म हरेक दिन एउटा free vote गर्न सकिनेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo